|  

ओलि संसद विघटन संविधान विरोधी अस्थिरताको मतियार : नेता जम्कटेल

५ पुष २०७७, आईतवार ११:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटनको सिफारिस गरेपछि नेकपाकै नेताहरुले यो कदमको विरोध गरेका छन् । नेकपाका केन्द्रीय सदस्य समेत रहेका बागमती प्रदेशका कानुन मन्त्री शालिकराम जम्कटेलले मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना पाएको भन्दै उक्त कदम संविधान विपरित भएको बताएका छ ।
‘ यो संविधान विपरीत छ , लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हीत विपरीत छ । अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन । उनले भनेका छन्,‘यो फिर्ता गर्नु पर्दछ ।’ उनले प्रदेश हब सँग कुरा गर्दै भने `प्रधानमन्त्री वलि संविधान विरोधी र अस्थिरताको मतियार बनेका छन्, यसले देशलाई ठूलो क्षति हुन बताउनु भयो ।

५ पुष २०७७, आईतवार ११:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस