|  

वैचारिक रूपमा बागमती सरकार अल्पमतमा: शालिकराम जम्कट्टेल

२४ चैत्र २०७७, मंगलवार २२:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती चैत २४
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले संसदमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलको सरकार वैचारिक रूपमा अल्पमत र एउटा गुटको मात्रै सरकार भएको बताएका छन् ।
अहिलेको बागमती सरकार भावनात्मक रुपमा, सांगठनिक रुपमा र वैचारिक रूपमा एक्लिएको छ, कानुनी रूपमा मात्रै बलियो सरकार भए तापनि नैतिकताको आधारमा मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिनुपर्ने बताए । 
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा काम गरेका प्रतिपक्षी दलका नेता जम्कट्टेलले पछिल्लो समय गुटको राजनीति गर्न सरकारको पैसा खर्च भइरहेको आरोप लगाएका छन् । सरकारले मदन भण्डारी फाउन्डेसनको नाममा दिएको ५० लाखको औचित्य पुष्टि गर्न समेत माग गरे ।
मुख्यमन्त्री डोरमणि पौडेलले गुटको राजनीतिलाई हेर्दै रकमान्तर गरेर आफ्नो पकड क्षेत्रमा मात्रै पैसा थुपारेको, फरक दलबाट निर्वाचित स्थानीय तहलाई दिनुपर्ने समपूरक बजेट समेत नदिएको भन्दै जवाफ माग गर्दै उचित जवाफ आउन नसकेसम्म संसद अबरुद्ध गर्ने चेतावनी दिए ।
प्रदेश सभाको बैठक भोलि ११ बजे सम्मका लागि स्थगित गरेका छन् ।

२४ चैत्र २०७७, मंगलवार २२:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस