बैशाख १४, धादिङ
धादिङ सदरमुकाम धादिङबेशी स्थित जिल्ला वन कार्यालयको नवनिर्मित भवनलाई ५० शैय्याको अस्थायी कोभिड-१९ अस्पताल बनाईएको छ।
कोभिड-१९ सम्बन्धि जिल्ला संकट व्यवस्थापन संचालन केन्द्रको निर्णय बमोजिम धादिङबेसीमा मंगलवारबाट ५० शैयाको अस्थायी कोभिड-१९ अस्पताल संचालनमा ल्याइएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विक ले जानकारी दिए।