गजुरी/धादिङ
चेपाङ तथा कुमाल जातिकाे कला,सस्कृति सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न भएको छ ।
सिमान्तकृत जनता समाज नेपाल,धादिङ अध्यक्ष जीत बहादुर कुमालको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङ प्रमुख अातिथ्य,चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङ ,गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समितिकन अध्यक्ष दामोदर अर्याल ,नेपाल कुमाल सुधार समाजका केन्द्रीय महासचिव ठाकुर कुमाल लगायत केन्द्र ,प्रदेश ,जिल्ला र पालिका तहका चेपाङ तथा कुमाल समुदायका अगुवा ,चेपाङ पुरोहित पाण्डे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सामाजिक विकास मन्त्रालयको अार्थिक सहयोगमा भएको थियो । कार्यक्रम चेपाङ संघका सचिव कृष्ण बहादुर चेपाङ कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा चेपाङ पुरोहित पाण्डे,चेपाङ सांस्कृतिक टिमका संयोजक सन्ताेष चेपाङ गजुरी गाउँ कार्यपालिका सदस्य शोभा चेपाङ ,वडाध्यक्ष सुरेन्द्र प्रजा र जिल्ला तथा गाउँपालिका तहमा रहेर सक्रिय चेपाङ अगुवाहरुले चेपाङ जातिको कला,संस्कृति रहनसहन तथा भाषा लगायत बिषयमा सुझाव तथा टिप्पणी राख्नु भएको गजुरीबाट सुमित्रा चेपाङले जानकारी दिनु भयो । यसैगरी अाईतबार धादिङ बेसीमा कुमाल अगुवाहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुड्गानाको प्रमुख अाथिथ्यमा भएको कार्यक्रममा कुमाल सुधार समाज धादिङका अध्यक्ष दान बहादुर कुमालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सिमान्तकृत जनता समाज नेपाल धादिङको अायोजनामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव अर्जुन कुमार श्रेष्ठ ,चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङ ,कुमाल सुधार समाजका केन्द्रीय महासचिव ठाकुर कुमाल , गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर अर्याल लगायतले कुमाल समुदायको कला,सस्कृति जगेर्ना गर्न युवा समुदायको प्रमुख भुमिका रहने बताउँदै भावि पुस्ता सम्म भाषा ,कला र संस्कृतिको संरक्षण गर्नु पर्ने बताउनु भएको थियो । संस्थाले चेपाङ तथा कुमाल समुदायको कला संस्कृति सम्बन्धि स्थानीय स्तरमामन नै गई पाका पुस्ताहरुसँग चेपाङ र कुमालको जातीय कला तथा सस्कृतिको बारेमा खोज गरि पुस्तकको रुपमा प्रकाशन गर्ने र अडियो भिडियो समेत तयार गर्ने सिमान्तकृत समुदायको अध्यक्ष जीत बहादुर कुमालले जानकारी दिनु भयो।