|  

थाँक्रे गाउँपालिकाका चार राजनैतिक दल संसद विघटनको विरोधमा, संघर्षमा उत्रने उद्घोष (विज्ञप्ती सहित)

१८ जेष्ठ २०७८, मंगलवार १२:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जिल्लाको थाँक्रे गाउँपालिकामा क्रियाशिल चार राजनैतिक दलले केपी ओली नेतृत्वको सरकारले गरेको असंबैधानिक कदम, संसद विघटनको विरोध जनाएको छ । सोमवार चार राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीले संयुक्त विज्ञप्ती जारी गर्दै कोरोना महामारी फैलिरहेको बेलामा जनताको स्वास्थ्य माथि सरकारले खेलबाड गरेको भन्दै पर्याप्त खोपको व्यवस्था गर्न पनि माग गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘मिति २०७८ जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपति विच गोप्य षड्यन्त्र पुर्वक प्रतिनीधि सभा दोस्रो पटक विघटनको घोषणलाई असंवैधानिक निरंकुस प्रतिगामी कदमको हामी गठबन्धन दलको तर्फबाट घोर भर्सना गर्दछौं ।
नेपाली जनताको लागि कठोर आन्दोलन संघर्ष त्याग र बलिदानबाटा प्राप्त संविधानमाथि पटक–पटक प्रधानमन्त्री केपीओलीले जनताको आवाज बुलन्ध गर्ने प्रतिनीधि रभा विघटन गरि संविधान मिच्ने कार्य भएको हुँदा यस निरंकुश शासनको सबै तह र तप्काबाट विरोध गर्नु आजको आवश्यकता भएको छ ।
विश्वमा महामारिको रुपमा कोभिड १९ को असर हाम्रो थाँक्रे गाउँपालिकामा पनि अत्यमिक मात्रमा संक्रमित देखापरी भयावह स्थीति भएको अवस्थामा सरकारले घोषणा गरेको आम निर्वाृचन यो अवस्थामा हुन सक्दैन भन्ने हामी गठबन्धन दलको ठहर छ ।
सरकार एकातिर कोभिड १९ लाई नियन्त्रण गर्न देशव्यापी लकडाउन गर्दै लाडाउनलाई विस्तारै कडा गर्दै गईरहेकाने छ ।, यष्स महामारीलाई नियन्त्रण गर्न तत्कालै कोभिड १९को विरुद्धको सबै उमेर समुहलाई पुग्ने गरी खोप उपलब्ध गराउनु पर्ने अवस्थामा सरकार जनताका सवथ्य प्रति सम्वेदनशिल नभई खोप तथा स्वस्थ्य सामाग्री खरिद माथि चरम भ्रष्टाचार भएको कुरालाई पनि सरकार टाकछोप गर्दै मिडियाकरण गरिँदै छ ।
त्यसैले यस सरकार विरुद्ध सामाजिक संजाललाई विषेश प्रथामिकता दिँदै आवश्यक परेमा जन संघर्ष, सडक आन्दोलन सहित निरंकुश सरका विरुद्ध आन्दोलन गर्दछौं ।’
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव समूह र जनता समाजवादी पार्टीका प्रमुख तथा प्रतिनीधिको संयुक्त बैठकबाट संघर्षको कार्यक्रम तथा कार्यदल गठन गरेको नेकपा (माओवादी केन्द्र) थाँक्रेका अध्यक्ष यन्त्र बहादुर थापाले बताउनु भयो ।
विज्ञप्ती  :

१८ जेष्ठ २०७८, मंगलवार १२:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस