वर्षमा झैँ फेरि बालिनाली तथा तरकारीमा मल हाल्नैपर्ने बेला चरम अभाव भएर कृषकहरूको निन्द्रा गायब भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा एक महिनादेखि युरिया मलको अभाव छ । बारिमा लगाएको मकै तथा चैते धान बालीमा मल छर्ने मुख्य सिजनमा पनि अभाव भएपछि किसान चिन्तित छन् । विगतका वर्षहरुमा झैं यो वर्ष पनि युरिया मल समयमै नपाउँदा यहाँका किसान समस्यामा परेका छन् । गाउँमा पर्याप्त मल नपाउँदा दिन भरि लाईनमा बसेर २५ किलो मल लान बाध्य भएका छन् धादिङका किसानहरु । एक महिनादेखि युरिया मलको अभाव हुँदा किसानले मकै तथा चैते धान बालीमाचाहिने मात्रामा मल छर्न नपाएको बेनिघाट रोराङका बुद्धिराज थपलियाले बताउनु भयो ।
मल अभावले गर्दा धान बाली बिग्रेर यसवर्ष उत्पादन घट्ने सम्भावना रहेको धादिङका किसानहरु बताउँछन् । बढ्दो केरोना माहामारीको कुनै प्रवाह नगरी किसानहरु २५ किलो मलको लागि विहान देखि जोखिम मोल्दै लाईनमा बस्न बाध्य भएका छन् । यसरी विहान देखि लाईन बस्दा पनि चाहिने जाति मल पाउन नसक्दा किसानहरु चिन्तीत बनेका छन् ।
एकातिर सरकारले मलको व्यवस्था गर्न सकेको छैन भने, अर्काे तर्फ भएको मल पनि विचौलियाको हातमा पुगे पछि किसाना पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन । १२ सय किसान सदस्य रहेको कृषक सुधार फलफुल तथा तरकारी सहकारी संस्था चरौंदीका १८ प्रतिशत सदस्यलाई २५ केजिका दरले सहरकारी वितरण गरेको छ । यस्तो अवस्थामा बालिनालीको उत्पादनमा गिरावट आई मुलुककै कुल गार्हस्थ उत्पादनमा नकारात्मक असर पर्ने सम्भावना बढेको छ ।’ मल बिक्री वितरणको जिम्मेवारी पाएका सहकारी संस्थाहरुले पनि युरिया र डीएपी दुबै मल पर्याप्त पाउन नसकेको सहकारी संस्थाका व्यवस्थापक कुमार बस्नेतले बताउनु भयो ।
मल आयात गर्ने जिम्मा पाएको कृषि सामाग्री कंपनीले भएको मलपनि विचौलियाको हातमा पु¥याएको किसानहरुले बताएका छन् । ३६ सय बोरा युरीया र डिएपी मल आवस्यक रहेको बेनिघाट रोराङ गाउँपालिकामा हाल सम्म २० प्रतिशत मात्र मोल पुगेको छ । कोरोना भाइरस महामारीका बीच पैदलै हिँडेर मल लिन सहकारी धाउनेहरूको ठेलमठेलले सरकारको कमजोर व्यवस्थापन छरपष्ट पारिदिएको छ ।