काठमाडौं । लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले आफूलाई मार्ने धम्की दिएको बताउनुभएको छ । महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको उहाँले बताउनुभयो ।
सामाजिक सञ्जालमा संग्रौलाले लेख्नुभएको छ, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’
उहाँले तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? प्रश्न गर्नुभएको छ ।
‘यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर’, संग्रौलाले लेख्नुभएको छ ।