|  

धादिङको बेनिघाट रोराङमा श्रीमान/श्रीमती मृत अबस्थामा फेला 

१८ श्रावण २०७८, सोमबार १९:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 धादिङको बेनघिाट रोराङ गाउँपालिका २ हुर्रेमा एक महिला सडक मृत अवस्थामा भेटिएको र नीज महिलाको श्रीमान समेत रुखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला मृत परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ताल्ती हुर्रे बस्ने अन्दाजी वर्ष ४४ वर्षिय भिम मायाँ विक आफ्नै घर देखि अन्दाजी ५०० मिटर टाढा कच्ची सडक खण्डमा घोप्टो परेको अवस्थामा मृत फेला परेको र उक्त घटना बाट ५० मिटर टाढा नीज महिलाको श्रीमान अन्लाजी ५० वर्षिय तिर्थ विक खनाएको रुखमा सलको पासो लगाको मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

स्थानीयहरुले श्रीमती हत्या गरी निज तिर्थले आत्महत्या गरेको हुनसक्ने बताएका छन् भने प्रहरीले भने मुजुल्का उठाउने कार्य भई रहेको र अनुसन्धान पछि मात्रै घटना के हो भन्न सकिने बताएको छ । धादिङ पोष्ट डटकमले समाचार लेखेको छ ।

१८ श्रावण २०७८, सोमबार १९:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस