|  

जाजरकोटका वडाध्यक्षले कुटे डोरीले बाँधेर एक युवकलाई (भिडियो)

१९ श्रावण २०७८, मंगलवार १५:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा वडाध्यक्ष नेपालीले स्थानीय प्रेम दमाईलाई डोरीले बाँधेरै कुटपिट गरेको देख्न सकिन्छ । सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेको हो ।

ती युवकलाई नाङ्गो बनाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । अहिले वडाध्यक्षमाथि कारबाहीको माग समेत उठिरेहको छ ।

गरिब नागरिकका छोराछोरीमाथि कुटपिट गरी हात खुट्टा बाँधेर शक्ति देखाउने जनप्रतिनिधिमाथि कारबाही हुनुपर्ने जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले बताएकी छन् । वडा अध्यक्षले ती युवकमाथि किन कुटपिट गरेका हुन् खुल्न बाँकी छ ।

भिडियो हेर्नुस्
भिडियो स्रोत – फेसबुक, रेशम बहादुर खड्का

१९ श्रावण २०७८, मंगलवार १५:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस