त्यस्तैै बैठकले तत्काल गठबन्धनको तर्फबाट उक्त साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।
त्यसैगरी बैठकले लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीको अपहरणबारे विरोध गरेको छ । प्रदेशसभा सदस्य वलीले आफूलाई दाङबाट अपहरण गरी मुख्यमन्त्रीको निवासमा बन्दी बनाएको बताएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको श्रेष्ठको भनाइ छ ।
यस्तै संविधान तथा कानुनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न पनि बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।