|  

धमाधम पार्टी छोड्दै एमाले कार्यकर्ता, धादिङको कल्लेरीमा एमाले परित्याग गरि काँग्रेसमा प्रवेश

२३ श्रावण २०७८, शनिबार २०:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गल्छी ।
एमाले कार्यकर्ताले धामाधम पार्टी छाड्न थालेका छन् । देशभर एमाले छोड्नेको अहिले लर्काे नै लाग्न थालेको छ । एमाले परित्याज गरि कोही माओवादी केन्द्र त कोही नेपाली काँग्रेस प्रवेश गर्न थालेका छन् । धादिङको गल्छी गाउँपालिका २ कल्लेरीबाट पटक पटक गरी ७० जना भन्दा बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेस गरेका छन् ।

शनिवार आयोजित पार्टी प्रवेस कार्यक्रममा बोल्दै महादिवेशन प्रतिनीधि एवम् प्रदेश सांसदका प्रत्यसी तथा कार्यक्रमका प्रमुख अतिथि मधुसुधन श्रेष्ठले यस अघि गगन थापा र म आफैले ४९ जना एमाले कार्यकर्ता कांग्रेसमा प्रवेस गराएको र आज थप २१ जनालाई कांग्रसेमा प्रवेस गराएको बताए ।
शनिवार सुजन श्रेष्ठको नेतृत्वमा २१ जना एमाले कार्यकर्ता कांग्रेस प्रवेस गरेको नेपाली काँग्रेस गल्छीका सभापती गोपी रिमाले बताउनु भयो ।

२३ श्रावण २०७८, शनिबार २०:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस