|  

राष्ट्रिय सङ्गितकर्मि संघ, गजुरी गाउँपालिकाको अधिवेशन सम्पन्न, बिकास घिमिरेको अध्यक्षतामा २५ कार्य समितीको गठन

२३ श्रावण २०७८, शनिबार २०:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी

राष्ट्रिय सङ्गितकर्मि संघ गजुरी गाउँपालिकाको अधिवेशन सम्पन्न शनिवार गजुरीमा सम्पन्न भएको छ । गजुरीमा भएको अधिवेशन मार्फत गायक विकास घिमिरेको अध्यक्षतामा २५ जना सदस्य रहने कार्यसमिती गठन गरेको हो ।

गित संगितको जगेर्नाना गर्ने उद्देश्यले स्थथापीत राष्ट्रिय संङ्गितकर्मि संघ धादिङ शाखा अन्र्तगत धादिङका विभिन्न स्थानिय तहहरुमा शाखा विस्तार गरेको संघका जिल्ला अध्यक्ष रुपक परियारले बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघका बागमती प्रदेशका महासचिव मान ब. तामाङ, विशेष अतिथिमा राष्ट्रिय संङ्गितकर्मि संघ धादिङका वरिष्ठ सल्लाकार तथा समाजसेवी सुरेश आचार्य तथा सल्लाहाकार÷समाजसेवी निलम पन्त लगायतको आतिथ्यता रहेको थियो ।

२३ श्रावण २०७८, शनिबार २०:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस