|  

थाँक्रे गाउँपालिका २ विद्यालयमा अखिल(क्रान्तिकारी )को इकाई कमिटी गठन

२५ श्रावण २०७८, सोमबार २०:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा माओवादी केन्द्र  निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को इकाई कमिटी गठन भएको छ । सोमवार महादेववेशीमा सम्पन्न भेलाले गाउँपालिका भित्र संचालित दुई विद्यालयमा इकाई कमिटी गठन गरेको हो । माअोवादी केन्द्र धादिङको  कार्यालय सदस्य :क. दिपक लामिछाने सुबोधको प्रमुख आतिथ्यता तथा  , नेकपा माओवादी केन्द्र को धादिङ जिल्ला कमिटि सदस्य:क. जिन्दगी थापा , नेकपा माओवादी केन्द्र धादिङको जिल्ला कमिटि सदस्य:क.श्री पुजन थापा , नेकपा माओवादी केन्द्र को थाक्रे गाउँपालिका संगठन कमिटी सदस्य:क. अर्जुन ओझा, अनेरास्ववियु क्रान्तिकारी धादिङको जिल्ला सचिवालय सदस्य निर्देश अर्याल , जिल्ला कमिटि सदस्य: जुनु घलान लगायतको उपस्थितिमा श्री महाकाली उच्च माध्यमिक विद्यालय थाक्रे-२ सिम्लेमा र श्री जनजागृति माद्यमिक विधालय थाक्रे-६ महादेवबेसीमा सन्तोष सिं ठकुरीको अध्यक्षतामा  ईकाई कमिटी गठन गरिएको पुजन थापाले बताउनु भयो ।त्यसैगरी जनजागृति माद्यमिक बिद्यालयमा रामकुमार राईको अध्यक्षतामा  अनेरास्ववियु क्रान्तिकारी ईकाई कमिटी गठन गरेको छ ।
श्री महाकाली उच्च माध्यमिक विद्यालय अनेरास्ववियु क्रान्तिकारी ईकाई कमिटीमा ;-
अध्यक्ष: सन्तोष सिं ठकुरी
उपाध्यक्ष: पुजा तामाङ, सुस्मिता अधिकारी, रुपेश जी सी ,अमित भुजेल
कोषाध्यक्ष: लिया मगर
सहकोषाध्यक्ष: पुजा थापा
सचिव: सजन थापा
सह सचिव : मिलन तामाङ, बबिता थापा
सदस्य:ग्यानु तामाङ
सदस्य:मरियम मगर
सदस्य :नानु तामाङ
सदस्य:समिर लामा
सदस्य: अञ्जना थापा
श्री जनजागृति माद्यमिक बिद्यालय अनेरास्ववियु क्रान्तिकारी ईकाई कमिटीमा ;-
अध्यक्ष: रामकुमार राई
उपाध्यक्ष: सम्झना बस्नेत,आकाश बस्नेत
कोषाध्यक्ष:गरिमा सुनार
सहकोषाध्यक्ष: प्रसुन सुबेदी
सचिव: प्रकाश तिवारी
सहसचिव: सुजन अर्याल
सहसचिव: गिता थापा
सदस्य: सन्देश बस्नेत
सदस्य: राजकुमार अर्याल
सदस्य:परेश भण्डारी
सदस्य:अर्बिन ओझा
सदस्य: रिमा सुनार
सदस्य: अप्सरा बस्नेत
सदस्य: सुमन थापा
रहेका छन् ।

२५ श्रावण २०७८, सोमबार २०:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस