|  

एमाले धादिङले जिल्लाका सबै वडामा सदस्यता विस्तार र भेला गर्दै

९ भाद्र २०७८, बुधबार १३:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा एमालेको केन्द्रीय विवाद स्थानिय कमिटी सम्म देखा परेको छ । वडा स्तर देखि जिल्ला सम्म एमालेका नेता कार्यकर्ताहरु विभिन्न कित्ताका उभिएका छन् । पार्टिका वरिष्ठ नेता माधव नेपालले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए सँगै झन् जिल्लामा ठुलो विभाजन हुने एमाले धादिङका जिल्ला नेताहरु बताउँछन् । धादिङ कम्युनिष्ट आन्दोलनका धरोहर राजेन्द्र पाण्डे, गुरु प्रसाद बुर्लाकोटी, गंगालाल तुलाधर माधन नेपाल निकट एकिकृत समाजवादीमा लागे सँगै एमाले धादिङमा ठुलो पहिरो जाने अनुमान गरिएको छ ।
एमालेका मझधारमा रहेको नेताहरु एमाले केपी समुहमा विलय भए सँगै पार्टि संगठनलाई जुझारु बनाउने उद्देश्यका साथ वडा स्तरमा पार्टी सदस्यता विस्ता तथा भेलाहरु गर्दै एमालेलाई पुर्नजिवन दिने उद्देश्यका साथ पार्टी निर्माणमा लागिएका एमाले धादिङले जानकारी दिएको छ । एमाले फुटको असर धादिङमा पर्न नदिन जिल्लामा सदस्याता विस्तार तथा भेलाहरु संचालन गरि रहेको एमाले धादिङले बताएको छ ।

९ भाद्र २०७८, बुधबार १३:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस