|  

मूल घरमा फर्किनुस्, यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ– ओली

९ भाद्र २०७८, बुधबार १३:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गरेका छन्। च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले उनीहरूलाई मूल घरमा फर्किन भनेका हुन्।

पत्रकार सम्मेलनमा ओलीले जारी गरेको प्रेस वक्तव्य एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सुनाएका थिए।

वक्तव्यमा भनिएको छ, तपाईंहरू मूल घरमा फर्किनुस्। यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ,’
नेपालसहितका नेताहरू नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका बेला ओलीले उनीहरूलाई मूल घरमा फर्किन आग्रह गरेका हुन्।

९ भाद्र २०७८, बुधबार १३:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस