|  

औपचारिक रुपमा पार्टी फुटेसँगै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

१० भाद्र २०७८, बिहीबार ०८:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

केन्द्रीय कमिटी बैठक मध्याह्न १२ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बस्नेगरी बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमहरुको सम्बन्धमा छलफल हुने जनाइएको छ ।

बुधवार एमाले औपचारिक रुपमा विभाजन भएसँगै एमाले केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । एमालेबाट अलग्गिएर ५५ जना केन्द्रीय कमिटी सदस्यहरुले माधव कुमार नेपाल नेतृत्वको नेकपा९एकीकृत समाजवादी० पार्टी बनाएका छन् ।

१० भाद्र २०७८, बिहीबार ०८:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस