|  

धादिङको गल्छी गाउँपालिका–८, गोगनपानीमा ७१ जना एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

१४ भाद्र २०७८, सोमबार ०९:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको गल्छी गाउँपालिका वडा नं.८ गोगनपानीमा ७१ जना एमाले कार्यकर्ता तथा शुभचिन्तक एमाले पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आईतवार माओवादी केन्द्र गल्छीको आयोजनामा भएको ८ नं. वडा कमिटीको भेलामा एमाले प्रतिगमनकारी भएको र एमालेलले देशमा केही गर्न नसकेको आरोप लगाउँदै माओवादी केन्द्र प्रवेश गरेका हुन् । प्रवेश गर्नहरुमा शिक्षक, बुद्धिजिवी, समाजसेवी र युवाहरु रहेको माओवादी केन्द्र गल्छीका इञ्चार्ज रामकृष्ण रिमालले बताउनु भयो । नव प्रवेशीहरुलाई माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य दिपक लामिछाने सुबोधले अविर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन् । वडा भेलाबाट मुकुन्द सुवेदी अध्यक्ष र विमल तामाङ सचिव रहने गरी २९ सदस्यीय वडा कमिटी गठन गरेको माओवादी केन्द्र गल्छीका अध्यक्ष रामशरण सेन्चुरीले जानकारी दिनुभयो ।

वडा भेला मार्फत विभिन्न जनबर्गिय संगठनहरु पनि गठन गरेको छ । माओवादी केन्द्र धादिङका नेता दिपक लामिछाने को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवदी केन्द्र धादिङका जिल्ला सदस्य रामकृष्ण रिमाल, रामशरण सेन्चुरी तथा सरोज तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

१४ भाद्र २०७८, सोमबार ०९:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस