|  

१ नम्बर र बागमती प्रदेशमा एमाले सरकार छिट्टै ढल्छ -प्रचण्ड

१४ भाद्र २०७८, सोमबार १८:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गरेका छन् । आज सोमबार काठमाडौंमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा पनि ढल्ने दावी गरेका हुन् । संसदमा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफुले भनेको पनि उनले स्मरण गराए । प्रचण्डले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर उनीहरूले षड्यन्त्रले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताए । ओली नेतृत्वको सरकारमा बेला संघीयता लगाएतका उपलव्धीहरु जोखिममा जाने खतरा भएको भन्दै उनले अरु कसैलाई मत दिदा कस्तो परिणाम हुन्छ भन्ने महशुस जनताले गरेको जिकिर गरेका छन् ।

१४ भाद्र २०७८, सोमबार १८:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस