|  

एकीकृत समाजवादीले सिंहदरबारबाट दलको कामकारबाही थालेको छ

१५ भाद्र २०७८, मंगलवार १५:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सिंहदरबारबाट संसदीय दलको कामकारबाही सुरु गरेको छ । संसद् सचिवालयले दलको कार्यालय उपलब्ध गराएलगत्तै नेकपा (एकीकृत समाजवादी)ले सिंहदरबारबाट दलको कामकारबाही सुरु गरेको हो ।

निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि दलको कार्यालय लगायतका सेवा सुविधा उपलब्ध गराएको सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादी पाटीले यसअघि नै संसदीय दलका नेतामा माधव कुमार नेपाल र राष्ट्रिय सभा दलको कार्यालयमा बेदुराम भुसाललाई चयन गरिसकेको छ ।

१५ भाद्र २०७८, मंगलवार १५:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस