|  

अब दुई प्रकारका सवारी लाइसेन्स वितरण हुने

२० भाद्र २०७८, आईतवार ०८:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डु, २० भदौ– यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागका  महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र  वितरण सुरु गरिएको जानकारी दिए ।

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात  व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण  सुरु गरिएको छ । अब यसप्रकारको      सवारी चालक अनुमतिपत्र वितरण  कार्य १९  वटै यातायात  व्यवस्था कार्यालयबाट गर्ने तयारी भइरहेको छ ।” गोरखापत्र दैनिकबाट
२० भाद्र २०७८, आईतवार ०८:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस