|  

एमाले छाडेर यस रोजेका सांसदलाई कारबाही नगर्न सर्वोच्चको आदेश

२७ भाद्र २०७८, आईतवार १८:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमाले छाडेका तर नेकपा (एकीकृत समाजवादी) मा जान चाहेर पनि नपाएका सांसदलाई तत्काल कारबाही नगर्न आदेश दिएको छ। न्यायाधीश मीरा खड्काको इजलासले आइतबार सोमप्रसाद पाण्डेसहितका सांसदको रिटमाथि सुनुवाइ गर्दै भदौ २९ गतेसम्म कारबाही नगर्न आदेश दिएको हो।

त्यस्तै, भदौ २९ गते दुवै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि झिकाएको छ। सो मितिसम्म रिट निवेदकलाई प्रतिकुल असर पर्ने गरी कुनै कामकारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। पेशीका दिन प्रस्तुत विवादसँग सम्बन्धित सक्कल फायल झिकाउन पनि अल्पकालीन अन्तरिम आदेशमा भनिएको छ।

माधव नेपालको नेतृत्वमा नयाँ दल गठन हुँदा सुरुमा समावेश नभएका र पछि सनाखत गर्न निवेदन दिए पनि नपाएका सांसदहरूले आफूहरूले एकीकृत समाजवादीमा सनाखत गर्ने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए।

२७ भाद्र २०७८, आईतवार १८:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस