|  

संसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक राख्दै

२८ भाद्र २०७८, सोमबार ०७:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएका छन् ।

सभामुख सापकोटाले आज दिउँसो २ः३० बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने गरी बैठक बोलाएका हुन् । सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजावादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले सभामुखले निष्पक्ष भुमिका निर्वाह गर्न नसकेको भन्दै संसदमा निरन्तर अवरोध गर्दै आएको छ ।

२८ भाद्र २०७८, सोमबार ०७:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस