|  

सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध परेको मुद्दामा सुनुवाइ जारी

४ आश्विन २०७८, सोमबार १४:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासहित निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सोमबार (आज) सुनुवाइ भइरहेको छ ।

आज सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएकोमा बहस भइरहेको हो ।

एमाले अध्यक्ष ओलीले १४ जना सांसदहरुलाई गरिएको कारबाही सभामुखले सदर नगरेको भन्दै सभामुखविरुद्ध र तीनै सांसदहरुलाई एकीकृत समाजवादीमा जाँदा सनाखत गरिदिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए ।

उक्त मुद्दामा गत भदौ २९ गते पनि पेशी तोकिएको थियो । तर उक्त मुद्दालाई हेर्न नभ्याइनमा राखिएकोमा आजका लागि पेसी तोकिएको हो ।

उक्त मुद्दामा सर्वोच्चमा बहस जारी छ । जारी बहसका क्रममा अधिवक्ताहरु बाबुराम दाहाल, महेश न्यौपाने, रमेश बडाल, रविनारायण खनाल, ईश्वरी भट्टराई लगायतले १४ सांसदहरुको सनाखत गैरकानुनी रहेको बताएका छन् ।

१४ सांसदको कारबाहीलाई सदरको मागसहित अन्तरिम आदेश जारी गर्नु पर्ने माग ओलीको रहेको छ ।

४ आश्विन २०७८, सोमबार १४:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस