असोज-१६, धादिङ
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी गजुरी ७ र ८ को संयुक्त भेला किरान्चोक मा सम्पन्न भएको छ।
भेला बाट गजुरी गाउँपालिका वडा नं ८ मा अर्जुन न्यौपाने अध्यक्ष रहने गरि २९ सदस्य वडा कमिटि गठन गरिएको छ। तेस्तै राजकुमार तामाङ संयोजक रहने गरि १४ सदस्य युवा संघ गठन गरिएको युवा संघ धादिङको सहसचिव संदिप बस्नेत ले प्रदेश हव लाई जानकारी दिनुभयो।
बस्नेत का अनुसार भेला ले वडा नं ७ मा पनि वडा कमिटी गठन गरेको छ। ज्ञान बहादुर भण्डारी अध्यक्ष रहने गरि १७ सदस्य वडा कमिटी गठन गरिएको हो।
नेकपा एकीकृत समाजबादी का जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय इन्चार्ज चुडामणि कडेल को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम मा जि.क.स तथा गाउँपालिका इन्चार्ज प्रमोद रुपाखेती को बिशेश आतिथ्यता, र जिल्ला कमिटी सदस्य हरु शुक्ल उप्रेती, अर्जुन अर्याल, उपत्यका बिशेश कमिटी सदस्य राजेन्द्र बराल लगाएत को आतिथ्यता रहेको थियो।