|  

देशभर एकै दिन हुने भनिएको एमाले पालिका अधिवेशन धादिङमा ५ वटा पालिकामा मात्र सम्पन्न

१० कार्तिक २०७८, बुधबार ०८:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


देशभर एकै दिन मंगलवार हुने भनिएको नेकपा एमालेको अधिवेशन धादिङमा भने ५ पालिकामा मात्र सम्पन्न भएको छ ।  जिल्लाको पाँच वटा पालिकामा पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ ।जिल्लाको २ नगरपालिका र ११ गाउँपालिका गरि १३ पालिका मध्ये पाँच वटा पालिकामा नयाँ नेतृत्व चयन भएका हुन।

मंगलबार सम्पन्न अधिवेशनबाट नीलकण्ठ नगरपालिकाको अध्यक्षमा हरि बहादुर श्रेष्ठ,गजुरी गाउँपालिकाको अध्यक्षमा माधव भण्डारी निर्वाचित हुनुभएको एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले जानकारी दिनुभयो ।त्यस्तै रुबिभ्याली गाउँपालिकाको अध्यक्षमा प्रेम बहादुर तामाङ,बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा रमेश कुमार भट्टराई,गङ्गाजमुना गाउँपालिकाको अध्यक्षमा भक्त बहादुर लामिछाने निर्वाचित हुनु भएको छ।

नेत्रावती डवजोङ गाउँपालिकामा प्रक्रिया भईरहेको छ भने धुनिवेसी नगरपालिका र सिद्धलेक गाउँपालिकामा आज बन्द शत्र हुदैँ छ। त्यस्तै ज्वालामुखि गाउँपालिकामा १७ गते निर्वाचन कार्यक्रम रहेको छ भने थाक्रे गाउँपालिका र गल्छी गाउँपालिकामा २७ गते अधिवेशन र त्रिपुरासुन्दरी गाउँपालिकामा १३ गते अधिवेशन हुने एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले जानकारी दिनुभयो।

यी हुन नेकपा एमालेको पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु

गंगाजमुना गाउँपालिका 

अध्यक्ष :भक्त वहादुर लामिछाने
उपाध्यक्ष : रामचन्द्र श्रेष्ठ
सचिव :एन्जिला तामाङ
उप सचिव : जीतवहादुर सिंखडा
उप सचिव : प्रेम घले
सहित ७५ जना निर्विरोध निर्वाचित

बेनिघाट रोराङ गाउँपालिका

अध्यक्ष :रमेश भट्राई
उपाध्यक्ष : विष्णु थापा
सचिव :भुवन त्रिपाठी
उप सचिव : मन्दिर श्र
उप सचिव :तुलाकुमारी आले मगर
सहित ७५ जना निर्विरोध निर्वाचित

गजुरी गाउँपालिका

अध्यक्ष : माधव भण्डारी
उपाध्यक्ष : भगवती अधिकारी खतिवडा
सचिव :वसन्त दुवाडी
उपसचिव : कौसिला सिलवाल
सहित ७५ जना निर्विरोध निर्वाचित

रुवीभ्याली गाउँपालिका :

अध्यक्ष :प्रेम तामाङ
उपाध्यक्ष: नरमान तामाङ
सचिव :पुरन तामाङ
उप सचिव :विच तामाङ
उप सचिव :रविनामाया तामाङ
सहित ७५ जना निर्विरोध निर्वाचित

नीलकण्ठ नगरपालिका 

अध्यक्ष :हरीवहादुर श्रेष्ठ
सचिव :वेगवहादुर सुनार
सदस्य सबै पद निर्विरोध निर्वाचित
उपाध्यक्ष र उपसचिव निर्वाचन आज विहान ११ बजे

नेकपा एमालेले बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्र बाहेकका जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ।

१० कार्तिक २०७८, बुधबार ०८:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस