|  

फोहोरको ट्रिपर लिएर गजुरी गाउँपालिकामा माओवादीको धर्ना, व्यवस्थापनमा गाउँपालिका उदासिन

१ फाल्गुन २०७८, आईतवार २१:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/ जिल्लाको गजुरी गाउँपालिकामा बजारमा निस्केको फोहोर व्यवस्थापनको समस्या चुलिएको छ । गजुरी गाउँपालिकाका मुख्य बजार आदमघाट, घाटवेशी, मलेखु लगायतका क्षेत्रबाट निस्किएको फोहोर कहाँ व्वस्थापन गर्ने भन्ने ठोस निणर्य गाउँपालिकाले नगर्दा बजार दिन प्रतिदीन दुर्गन्धीत हुदै गई रहेको छ ।
२७ औं जनयुद्ध दिवसको अवशरमा नेकपा (माओवादी केन्द्र) गजुरीले गजुरी बजारमा सरसफाई कार्यक्रम आईतवार सम्पन्न गरेको छ । सरसरफाई बाट निष्केको फोहोर कहाँ बलेर ब्यवस्थापन गर्ने भन्ने अन्यौल भए पछि गाउँपालिका कार्यालयमा धर्ना दिन पुगेको नेकपा (माओवादी केन्द्र) गजुरीका नेता गणेशलाल श्रेष्ठले बताउनु भयो । जनताको मतद्धारा निर्वाचित जनप्रतिनीधि गैरजिम्मेवार बन्दा बजार दुर्गन्धित हुन थाले पछि जनगुनासो बढ्न थालेको छ ।
फोहोर व्यवस्थापनको लागि ठाउँ निर्धारण गर्न गाउँ पालिकालाई आग्रह गरेको मओवादी नेता कार्यकर्ताले बताएका छन् ।

१ फाल्गुन २०७८, आईतवार २१:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस