|  

एमसिसि सम्बन्धमा अध्यक्ष प्रचण्डको पाँच बुँदे स्पष्टीकरण

१६ फाल्गुन २०७८, सोमबार ०९:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


पार्टीभित्रबाट प्रचण्डको विरोध भएपछि उनले पाँचबुँदे स्पष्टीकरण दिँदै व्याख्यात्मक घोषणा सही कदम भएको बताएका हुन्।

व्याख्यात्मक घोषणासँगै एमसीसी पारित गर्न लागिएको बताउँदै प्रचण्डले अब गलत व्याख्या गर्न आवश्यक नरहेको बताए। प्रचण्डले भने– ‘हाम्रो पार्टी र नेतृत्वले लिएको पछिल्लो निर्मम निर्णय सही छ। हामीले गरेको अनुमानभन्दा धेरै माथिबाट व्याख्यात्मक प्रस्ताव तयार भएको छ। यसबाट उत्पन्न दर्जनौं प्रश्नहरूको जवाफ दिन हामी तयार हुने नै छौं।

व्याख्यात्मक टिप्पणी प्रचार गरिएको जस्तो एकतर्फी होइन, त्यसका लागि प्रतीक्षा गरौं, नेतृत्वप्रति विश्वास गरौं।’

सबै प्रक्रियाबाट पारित दस्तावेज अस्वीकार गरे नेपालको तर्फबाट एकतर्फी सम्झौता भंग भएको घोषणा गर्न सक्ने उल्लेख गर्दै प्रचण्डले सरकार, सदन र सडकको संघर्षको एकीकृत बलबाट यो उपलब्धि प्राप्त भएको र यो सामान्य व्याख्यात्मक टिप्पणी मात्र नभई परिमार्जित नै भएको दाबी गरे। यो समाचार आजको नेपाल समाचारपत्रमा दैनिकमा प्रकाशित छ।

१६ फाल्गुन २०७८, सोमबार ०९:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस