|  

नेकपा (माओवादी केन्द्र) को तर्फबाट गजुरी गाउँपालिका प्रमुखमा ७ जना सिफारिस

३ बैशाख २०७९, शनिबार १९:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/ नेकपा (माओवादी केन्द्र) गजुरी गाउँपालिका कमिटीले आसन्न बैसाख ३० गते हुने स्थानिय तह निर्वाचनमा ७ जना आकाँक्षीहरुको नाम जिल्ला र प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । शनिवार बसेको गजुरी गाउँपालिका कमिटीको बैठकले उपाध्यक्षमा १ जना महिलालाई सर्वसम्वत उप प्रमुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । गजुरी गाउँपालिका प्रमुखमा ०७४ सालको निर्वाचनमा उम्मेदवारी दिएका गणेशलाल श्रेष्ठ सहित ७ जना सिफारिस भएका छन् । गाउँपालिका प्रमुखको उम्मेदवार सिफासिर हुनेहरुमा गणेशलाल श्रेष्ठ, राजकुमार ढुंगाना, तारा भण्डारी, अर्जुन बहादुर मगर भुजेल,दर्लभ कुमार तामाङ,संखर पण्डीत रहेका छन् । गाउँपालिका उप प्रमुखको उम्मेदवार चेलीमायाँ तामाङ सिफारिस भएकी छन् ।

३ बैशाख २०७९, शनिबार १९:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस