|  

माओवादी केन्द्रले आज पत्रकार सम्मेलन मार्फत गठबन्धन र चुनावी तयारी बारे जानकारी दिने

५ बैशाख २०७९, सोमबार ०९:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। नेकपा माओवादी केन्द्रले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दैछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो।
स्थानीयतहको निर्वाचन र गठबन्धनका विषयमा नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलनमार्फत् आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।
प्रचण्डका स्वकीय सचिव सूर्य किरणका अनुसार अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिने कार्यक्रम रहेको छ।

५ बैशाख २०७९, सोमबार ०९:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस