|  

स्थानीय निर्वाचन : मनोनयन दर्ताको पहिलो दिन धादिङमा १२१ जनाले उम्मेदवारी दिए

१२ बैशाख २०७९, सोमबार ०६:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङले दिएको जनाकारी अनुसार मनोनयन दर्ताको पहिलो दिन हिजो (आईतबार) धादिङमा १२१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
हिलो दिन खनियाबासमा १३ जना, गजुरीमा ९ जना,, ज्वालामुखीमा १ जना,, त्रिपुरासुन्दरीमा ७ जना,, थाक्रे गाउँपालिकामा १८ जना,, धुनिवेशीमा ८ जना,, बेनिघाट रोराङमा ३१ जना, रुविभ्यालीमा २ जना, र सिद्धलेकमा ३२ जना गरि १२१ जनाले मनोनयन दर्ता गराएका हुन्।
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आईतबार र सोमबार मनोनयन गर्ने मिती तोकिएको छ । अब हिजो मनोनयन दर्ता नगरेकाहरुले आज दर्ता गर्न सक्नेछन् ।

१२ बैशाख २०७९, सोमबार ०६:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस