|  

माओवादीले खाता खोल्यो, मनाङको वडाध्यक्षमा गुरूङ निर्विरोध निर्वाचित

१२ बैशाख २०७९, सोमबार १४:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मनाङ। मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ खाङसारको वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन्। माओवादी केन्द्रका गुरुङलाई वडावासीको संयुक्त भेलाले वडा अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

त्यस्तै सदस्यहरुमा अनिल गुरुङ, धनबहादुर गुरुङ,महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उम्मेदवारमा निर्वार्चित भएका हुन्। उनीहरुलाई पनि वडाबासीको भेलाले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेको हो।

१२ बैशाख २०७९, सोमबार १४:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस