यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं : सरकारले आज प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले चुनावको मिति घोषणा गर्ने सम्भावना छ ।
बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले मंसिर चार गते एकै चरणमा निर्वाचन गर्ने समझदारी गरेका छन् ।
निर्वाचन आयोगले यसअघि नै मंसिर २ गते निर्वाचन गर्न सुझाव दिएको छ । राजनीतिक दल र आयोगको सुझाव अनुसार सरकारले चुनाव घोषणा गर्न लागेको हो ।
आउँदो मंसिर २२ मा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल सकिने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने आयोगको भनाइ छ ।