|  

नेकपा(माओवादी केन्द्र) धादिङले स्थानीय तहमा विजयी जनप्रतिनिधिहरुलाई सम्मान गरेकाे छ

२२ श्रावण २०७९, आईतवार ०९:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा(माओवादी केन्द्र) धादिङले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा धादिङ जिल्लाका विभिन्न स्थानीय तहमा विजयी जनप्रतिनिधिहरुलाई बधाई तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धादिङबेसीमा एक कार्यक्रमका बिच स्थानीय तहमा धादिङ जिल्लाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा जिल्ला समन्वय प्रमुख नवराज अधिकारी, रुविभ्याली गाउँपालिका अध्यक्ष रामसिं तामाङ, गजुरी गाउँपालिका अध्यक्ष, गणेशलाल श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक), नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेल, थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा(जिन्दगी) लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु रहेका थिए ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश समितिका इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज नारायण दाहाल, अध्यक्ष सरल सहयात्री, केन्द्रीय सदस्यहरु पुष्पविक्रम मल्ल, शालिकराम जम्कट्टेल लगायतका नेताहरुको आतिथ्य रहेको थियो ।

स्थानीय तह निर्वाचन २०७९ मा नेकपा(माओवादी केन्द्र) धादिङका १ सय ५७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । त्यसमध्ये प्रमुख पदमा ३ जना, उप्रमुखमा ४, वडा अध्यक्षमा ३२ र बाकि वडा सदस्य तथा कार्यपालिका सदस्य निर्वाचित भएका हुन् । सम्मान कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पार्टीको नीति सिद्धान्तलाई परिपालन गर्दै जनताको सेवामा लाग्न आग्रह गरेका थिए ।

२२ श्रावण २०७९, आईतवार ०९:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस