|  

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै, पदाधिकारी टुंगो लाग्दै

४ भाद्र २०७९, शनिबार ०८:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ ।
हिजो बसेको बैठकले पदाधिकारी छनोट गर्ने बताइए पनि सो विषय यथावत रहेपछि आज पुनः बैठक बस्न लागेको हो ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज दिउँसो १ बजे बैठक बस्ने छ । पदाधिकारीको संख्यालगायत विषय बैठकले टुंगो लगाउने उनले बताए ।

माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले पदाधिकारी चुन्न सकेको छैन । पदाधिकारीको विषय अहिले भने अन्तिम चरणमा पुगेको नेताहरु बताउँछन् । महासचिव को हुने भन्ने विषय अझै अर्णीत छ । महासचिव कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्णय लिन सकेका छैनन् ।

४ भाद्र २०७९, शनिबार ०८:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस