|  

चितवनको भरतपूरमा भरमोरा टायल एण्ड वाथवयर संचालनमा

१२ भाद्र २०७९, आईतवार १३:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चितवनको भरतपूरमा नयाँ भरमोरा टायल एण्ड वाथवयर संचालनमा आएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले उद्घाटन गर्दै निजी क्षेत्रको लागानीले देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनु भएको छ । प्रदेश सरकारले निजी उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
करिव १० करोड लगानीमा चितवनको भरतपूर महानगर पालिका वडा नं. १२ मिलन चोकमा रहेको यस कम्पनीले १० वटा भन्दा बढि जिल्लामा डिलर हरु संचालनमा ल्याएको कम्पनीका संचालक सुमन रेग्मीले बताउनु भयो । नेपाली युवाहरु नविन राज पोखरेल, सन्दिप अर्याल र सुमन रेग्मीले गत विहिवार देखि संचालनमा ल्याएको भरमोरा नेपालले निर्माण व्यवसाय टेवा पुग्ने ब्यवसायीले बताएका छन् ।
कम्पनीले सस्तो र गुणस्तरीय सामान उपभोक्ता माझ पु¥याउने प्रतिवद्धता व्यक्त गरेको छ ।

१२ भाद्र २०७९, आईतवार १३:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस