|  

माओवादीले बागमती प्रदेशमा बनायो चुनावी कमाण्डर, धादिङमा शालिकराम जम्कटेलकाे कमाण्ड

१३ भाद्र २०७९, सोमबार ०७:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशले आगामी संघ र प्रदेशसभा निर्वाचनलाई ध्यान दिँदै चुनावी कमाण्डर तोकेको छ । आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको बैठकमा कार्य विभाजन गरी चुनावी कमाण्डर तोकेको हो । दुई महिना चुनावी मैदानमा खटिने गरी केन्द्रीय सदस्यलाई क्षेत्र तोकेर जिम्मेवारी दिइएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बताए । बागमती प्रदेशका १३ जिल्लामा चुनावी कमाण्डर ताेकिएकाे हाे । यसै विच धादिङमा स‌घ र प्रदेशसभा निर्वाचनकाे चुनावी कमाण्डकाे जिम्मा पाेलिटब्युराे सदस्य तथा धादिङका इञ्चार्ज शालिकराम जम्कटेललाइ दिएकाे छ । जम्कटेल बागमती सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री समेत हुन् ।

कुन क्षेत्रका चुनावी कमाण्डर कसको जिम्मेवारी ?

काठमाडौँ

१– अनिल शर्मा
२– कुमार पौडेल
३– बद्री बजगाईं
४– गोविन्द बटाला
५– कल्पना शर्मा
६– हिमाल शर्मा
७– रामबाबु फुयाँल
८– सरिता श्रेष्ठ
९– शंकर दुलाल
१०– अञ्जना विसङ्खे

चितवन

१– कञ्चन खनाल
२–घनश्याम दाहाल
३–रेणु दाहाल

ललितपुर

१–गंगा पराजुली
२–उर्मिला लामा
३–हरि दाहाल, पद्मा राई

धादिङ

शालिकराम जम्कट्टेल

भक्तपुर
१– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
२–दिलीप प्रजापती

काभ्रे

सूर्यमान दोङ र रुकु चौलागाई,

सिन्धुपाल्चोक

युवराज दुलाल र माधव सापकोटा

दोलखा

देवी खड्का

रामेछाप

श्यामकुमार श्रेष्ठ

सिन्धुली

दीर्घराज श्रेष्ठ र वसन्त माझी

मकवानपुर

१– विजय गौतम
२–कुमारी मोक्तान

नुवाकोट

१–हितबहादुर तामाङ
२–विमला सुवेदी

१३ भाद्र २०७९, सोमबार ०७:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस