|  

धादिङको गजुरी गाउँपालिकामा लामखुट्टे नष्ट गर्ने अभियान सुरु

३१ भाद्र २०७९, शुक्रबार १७:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङमा डेंगुको संक्रमण झन बढ्दै गएपछि लामखुट्टेका लार्भा नष्ट गर्न अभियाननै थालिएको छ । जिल्लाको गजुरी गाउँपालिकाले पालिका क्षेत्रमा डेंगु नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्न थालेको हो ।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको नेतृत्वमा लामखुट्टेको बासस्थान रहेको, लामखुट्टेले लार्भा उत्पादन गर्ने स्थानको पहिचान गरी नष्ट गर्न थालिएको हो ।
यसका लागि गाउँपालिकाले टोलीनै बनाएर लामखुट्टेका लार्भा नष्ट गर्न विषादी छिट्न शुक्रबार देखि थालेका हुन ।
जिल्लामा पछिल्लो केहिदिन यता डेंगुको संक्रमण ह्वात्तै बढेको छ ।
शुक्रबार गजुरी गाउँपालिकाको वेल्खु देखि मलेखु सम्म पालिकाका कर्मचारी, नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी स्थानिय सामाजिक अभियान्ता लगायतको सहभागितामा लार्भा नष्ट अभियान शुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
दैनिक जसो डेंगुको संक्रमण बढ्न थालेपछि डेंगु रोगको संक्रमण गराउँने लामखुट्टेको नियन्त्रणका लागि लार्भा नै नष्ट गर्ने अभियान थालिएको पालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

३१ भाद्र २०७९, शुक्रबार १७:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस