|  

आजकाे माैसम सामान्यतया बदली रहने

१ आश्विन २०७९, शनिबार ०७:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । देशभर आजको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

अहिले बिहान प्रदेश १, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको विभागले जानकारी दिएको छ ।

यस्तै प्रदेश १, मधेस, कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

१ आश्विन २०७९, शनिबार ०७:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस