|  

प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

२ आश्विन २०७९, आईतवार ०७:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । सोमबार लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२ आश्विन २०७९, आईतवार ०७:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस