|  

आदर्श मा.वि.का विद्यार्थीहरुलाई जेब्राक्रसिङमै केहीबेर रोकेर ट्राफिक नियम सम्बन्धि पालना सिकाउदैँ

२८ भाद्र २०८०, बिहीबार १६:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ। राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्युनिकरण गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम सुरु गरेको छ।
ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा हरेक वर्ष गजुरी, गल्छी, मलेखु,लगायतका क्षेत्रमा मानवीय क्षति हुने गरेको छ । ट्राफिक नियम अन्तर्गत सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिका र सडक पार गर्दा दायाँबायाँ ध्यान दिनुपर्ने कुराहरुको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी बताउनुभयो।

राजमार्ग क्षेत्रमा हुने दुर्घटना जोखिमको समुहभित्र विद्यार्थी पनि पर्छ । विगतको रेकर्ड हेर्दा पनि सडक पार गर्नेबेला ध्यान नपुगेकै कारण पनि सानासाना विद्यार्थीहरुले ज्यान गुमाउनु परेको देखिन्छ’, प्रहरी निरिक्षक कुमार श्रेष्ठले भने–‘सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराहरु सडकमै उभिएर सैदान्तिक र व्यवहारिक रुपमा ज्ञान दिनु भएको छ।

ट्राफिक नियमको अभावमा साना विद्यार्थीहरुले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैदान्तिक र व्यवहारिक ज्ञान सिकाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका गजुरीका प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठले बताए । विशेषगरी विद्यार्थीहरुलाई दैनिक जिवनमा काम लाग्ने कुराहरु सिकाइएको प्रहरी निरिक्षक कुमार श्रेष्ठले बताए ।
विद्यालय जाने र विद्यालयबाट फर्किने समयमा जेब्राक्रसिङमै केहीबेर विद्यार्थी रोकेर ट्राफिक नियम पालनासँगै सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा सिकाउने गरिएको छ । अभियानकै रुपमा थालिएको ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत अहिले गजुरी बजार आसपासका विद्यार्थीलाई सिकाइएको छ । अघिल्लो वर्ष पनि गजुरी बजारमै एक जना विद्यार्थीले सडक पार गर्ने क्रममा ज्यान गुमाउनु परेको कुरालाई समेत ध्यानमा राखेर कार्यक्रम सुरु गरिएको प्रहरी निरिक्षक श्रेष्ठको भनाई छ ।
बजार क्षेत्रमा ठूला मानिसहरुले पनि मनलाग्दी ढंगबाट सडक पार गर्नाले दुर्घटनाको जोखिम बढेको छ । यातायात व्यवस्था ऐन २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ । चाडपर्व नजिककिएसँगै राजमार्गमा सवारीको चाप अत्याधिक बढ्ने र दुर्घटनाको जोखिम कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले धादिङमा हरेक दिन ठाउँ ठाउँमा भिन्दाभिन्दै कार्यक्रम गर्दै आइरहेको प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठले बताउनुभयो।

२८ भाद्र २०८०, बिहीबार १६:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस