|  

विद्यालय खुला छ/छैन छड्केका लागि खटियो महानगर प्रहरी

४ आश्विन २०८०, बिहीबार १५:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा शिक्षकहरू विद्यालय नै बन्द गरेर आन्दोलित भएपछि काठमाडौं महानगरपालिकाले अनुगमन थालेको छ ।

महानगरपालिकाले यसअघि नै विद्यालय बन्द गरे वा पठनपाठन रोकेर शिक्षक आन्दोलनमा गए कारबाही गर्ने चेतावनी दिइसकेको छ । तर, महानगरको निर्देशनको अवज्ञा गर्दै विद्यालय नै बन्द गरेर शिक्षकहरू आन्दोलित भएपछि महानगरले अनुगमन थालेको हो ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोली अनुगमनका लागि विद्यालयमा खटिएका छन् । यदि विद्यालय बन्द भएको पाइएमा त्यहाँका प्रधानाध्यापक र शिक्षकहरुलाई महानगरको शिक्षा विभागले कारबाही अघि बढाउने छ।

महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा खटिएको नगरप्रहरीले काठमाडौं महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको बिहीबार नै अनुगमन सकेर प्रतिवेदन बुझाउनेछ ।

४ आश्विन २०८०, बिहीबार १५:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस