|  

दशैंको मुखमा चिनीको हाहाकार, फाइल रोकेर अभाव गराउने सरकार

५ आश्विन २०८०, शुक्रबार १४:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । दुई सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाम नरित्तिउञ्जेलसम्म सरकारले चिनी आयात गर्ने अनुमति नदिएपछि देशभर चिनीको हाहाकार भएको खुलेको छ ।

सरकारले बजार मूल्यमा हस्तक्षेप गर्न र एकाधिकार नियन्त्रण गर्न भन्दै यी दुई कम्पनीबाट चिनी लगायतको खाद्यन्न बिक्री गर्दै आइरहेको थियो । तर, अहिले बजारमा निजी व्यापारीहरुले कार्टेल गरी अभाव सृजना तथा मूल्यवृद्धि गर्दा सरकारले हस्तक्षेप गर्न सकेको छैन ।

किनभने देशभित्रका उद्योगहरुले पाँच महिनाअघि नै आफूहरुको उत्पादन सकिएको भन्दै आपूर्ति व्यवस्था सहज बनाउन सरकारी कम्पनीलाई आयात गर्न दिन सरकारलाई सूचित गरेका थिए । दुई सरकारी कम्पनीले पनि दुई महिनाअघि नै चिनी आयातको अनुमति मागेका थिए । तर, सरकारको उनीहरुको गोदाम रित्तिएपछि मात्रै आयात अनुमति दिँदा कार्टेलिङ गर्ने होलसेलरलाई आपूर्ति बन्द गरी मूल्य बढाउने बाटो सजिलो भएको छ ।

५ आश्विन २०८०, शुक्रबार १४:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस