|  

धादिङ उद्योग वाणिज्य संघको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

७ आश्विन २०८०, आईतवार ०८:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङ उद्योग वाणिज्य संघको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष विष्णु प्रसाद थपलियाको अध्यक्षता तथा बागमती प्रदेश सरकारका साँसद मदुकुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा गल्छि गाउँपालिका वडा नम्बर ८ को छाँगेश्वर मन्दिर परिसरमा सँस्थाको साधारण सभा भएको हो ।

साधारणसभाको खुल्ला सत्रमा बोल्दै बागमती प्रदेश सरकारका साँसद श्रेष्ठले अहिले आर्थिक मन्दीको कारण व्यापार व्यवसाय ठप्प प्राय भएको भन्दै व्यापारीहरु समस्यामा परेको बताए । उनले व्यवसायको दोहोरो नविकरणका कारण पनि व्यापारीमा नैराश्यता छाएको भन्दै यस विषयमा सम्बन्धित ठाउँमा कुरा राख्ने बताए ।

सभामा सँस्थाका अध्यक्ष विष्णु प्रसाद थपलियाद्धारा स्वागत तथा सम्बोधन मन्तव्य भएको छ भने महासचिव तिलक सिंखडाले वार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका छन् । उनले ३४६ जना नयाँ सदस्यता विस्तार भएकोमा अहिले सदस्य सँख्या २०३८ पुगेको पनि बताएका छन् । यस्तै विभिन्न सचिवालय सेवाका साथै विभिन्न स्थानमा कर भ्याट तथा लेखा व्यवस्थापन तालिम लगायत राहत तथा सहयोगको काम गरिएको पनि महासचिव सिंखडाको भनाई छ । यस्तै यो चालु आर्थिक वर्षमा व्यवसाय प्रर्वद्धन र विकासको लागि विभिन्न तालिम लगायत मेला महोत्सवको आयोजना गरिने महासचिव सिंखडाले बताए ।

७ आश्विन २०८०, आईतवार ०८:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस