यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र आज हुँदैछ ।
अधिवेशनको बन्दसत्र बिहान ७ः३० बजेबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।
बन्दसत्रमा प्रदेश अध्यक्ष केशवराज पाण्डेले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।
अधिवेशनमा प्रदेशभरबाट एक हजार १३८ जना प्रतिनिधि सहभागि रहेका छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।
नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । बन्दसत्र समाप्त भएपछि आजै निर्वाचनको कार्यक्रम सुरू हुने बताइएको छ ।
प्रदेश अध्यक्षका लागि वर्तमान प्रदेश अध्यक्ष नुवाकोटका पाण्डेदेखि केन्द्रीय सदस्यसहित ५ जनाा आकांक्षी देखिएका छन् । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, दोलखाकी रचना खड्का, काठमाडौंका सानुकुमार श्रेष्ठको बढी चर्चा रहेको छ ।