|  

गजुरी गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भण्डारी र अधिकारी चयन

१३ आश्विन २०८०, शनिबार १५:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ स्थित छात्राबासमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यक्रम सम्पन्न भएको छ ।बिषेशगरी किसानहरुको लागी आर्थिक उपार्जनमा सघाउ पुराउने उदेश्यले यो परियोजना सञ्चालन गरिएको इकाई धादिङका जोन अधिकृत कल्पना पाण्डेले जानकारी दिईन् ।

गजुरी वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धादिङ अन्तर्गत जोन सन्चालन समन्वय समितिले दुई आर्थिक बर्षको लागी दुई जनालाई चयन गरेको हो ।

जोेन कार्यक्रम अन्तर्गत जन आदर्श बहुउद्देश्यीय सहकारी सँस्थाका तारानाथ भण्डारी र किरान्चोक कृषि सहकारी सँस्थाका तर्फबाट इन्द्र बहादुर अधिकारीलाई सर्वसम्मत चयन गरिएको हो ।

गजुरी गाउँपालिकाभित्र दर्ताभएका ५८ फार्महरु मध्येबाट दुई जना ब्यक्तिहरुको नाम सर्वसम्मत चयन गरिएको वडा नम्बर ७ का अध्यक्ष बद्रि प्रसाद जम्कटेलले जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धादिङका जोन अधिकृत कल्पना पाण्डे, प्रतिनिधि बास्ना सिलवाल, वडा अध्यक्षहरु, कृषि परियोजनाका सदस्य, स्थानियहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो।




१३ आश्विन २०८०, शनिबार १५:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस