|  

सिरहामा बस दुर्घटना, दुईको मृत्यु, २३ जना घाइते

१५ आश्विन २०८०, सोमबार ०८:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सिरहा । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरु २३ जना घाइते भएका छन् ।
आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका– २० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४३ वर्षीय राजकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बसको स्प्रिङ पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालकले बताएका छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१५ आश्विन २०८०, सोमबार ०८:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस