|  

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

२२ आश्विन २०८०, सोमबार ०८:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ ।

पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरिन लागिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

गत शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी र यातायात व्यवसायीहरूको संयुक्त बैठकले आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

२२ आश्विन २०८०, सोमबार ०८:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस