यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
यहि असोज २७ गते धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६, धार्के चालिसेमा बडा दशैंको सास्कृतिक उत्सव हुने भएको छ । राष्ट्रिय लोक सास्कृतिक संघको आयोजना तथा राष्ट्रिय संगितकर्मि संघ धादिङको सह–आयोजनामा हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक रुपक परियारले बताउनु भयो । कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री मा. शालिकराम जम्कटेललको प्रमुख आतिथ्यता रहने छ भने जिल्ला स्थीत राजनैतिक दलका प्रमुख एवं प्रतिनीधिहरुको उपस्थिती रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रम २७ गते शनिवार विहान ११ बजे देखि साझ ५ बजे सम्म चल्नेछ ।