|  

आज अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस, नेपालमा पनि बिविध कार्यक्रम गरी मनाइँदै

३० आश्विन २०८०, मंगलवार ०७:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । आज मंगलबार अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । नेपालमा पनि बिविध कार्यक्रम गरी मनाइँदैछ ।

चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ ।यो वर्ष अर्थात सन् २०२३ को गरिवी निवारण दिवसको नारा ‘सबै जनासँगै मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने’ भन्ने रहेको छ । सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ ।

गरिबीको व्याख्या गर्दा संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ । विश्वका गरिबहरु मध्ये झण्डै ९० प्रतिशत गरिबहरु एसिया र अफ्रिकामा बसोवास गर्छन । नेपालमा कुल जनसंख्याको १७।५ प्रतिशत अर्थात करिव ५० लाख मानिसहरु गरिबीको रेखामुनी रहेका छन् । सामान्य अर्थमा बाँच्नका लागि आवश्यक पर्ने वस्तुहरूको अभाव हुने अवस्थालाई गरिबी भनिन्छ ।

विश्व बैङ्कको प्रतिवेदन हेर्ने हो भने पछिलला वर्षमा लगभग ९ करोडदेखि १२ करोड मानिस गरिबीको चपेटामा परेका छन् । परमाणु शक्ति र हतियारमा अरबौँ डलर खर्च गर्न सक्ने देशहरू आम मानिसका भोक, रोग, बासका समस्या सम्बोधन गर्न चुकेका छन् ।नेपालमा दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ ।

३० आश्विन २०८०, मंगलवार ०७:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस