|  

गजुरीको गलौँदीमा सवारी चालकको आँखा, ब्लड प्रेसर परिक्षण सम्पन्न

१ कार्तिक २०८०, बुधबार १७:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी ।  धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ को गलौदीमा सवारी चालकको आँखा, ब्लड प्रेसर परिक्षण गरिएको छ । हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्नेमूल नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा चालकको स्वास्थ्य परिक्षणसँगै चाडपर्वको समयमा बढी भाडा लिएको, यात्रुमा परेको समस्या, गुनासो लगायतको सवालमा पनि कुराकानी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख रबिन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख(CDO)बद्रीनाथ गैरे,गाउँपालिका कर्मचारी, स्वास्थ्य परिक्षण टोली, स्थानिय, पत्रकार लगायतको उपस्थितीमा परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
आँखामा हुने कमजोरी तथा अन्य स्वास्थ्य समस्या ठिक नहुँदा पनि चालक र सहचालकबाट सवारी दुर्घटना पर्नसक्ने र यसले मानविय क्षति अंगभंग तथा सवारी साधनहरु तोडफोड हुने घटनाहरु बढ्ने भएकालेपनि आँखा परिक्षणलाई बिषेश ध्यानदिनुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख गैरेले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको आयोजना, ट्राफिक कार्यालय गजुरीको सहआयोजना तथा गजुरी गाउँपालिकाको समन्वयमा एकदिने शिबिर सञ्चालन गरिएको हो ।
कार्यक्रममा जिल्ला ट्रािफक प्रहरी कार्यालय धादिङका प्रमुख बद्रीनाथ गैरेले चालकको लापरवाहिले गर्दा सवारी दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले चालक चनाखो नभए सवारी दुर्घटना बढी हुने भन्दै सचेत भएर सवारी साधन चलाउन आग्रह गर्नुभयो ।
यसैगरि उहाँले दशैँको अबसरमा गरिएको यो कार्यक्रममले धेरै ब्यक्तिहरु माझ राम्रो सन्देश जाने र यसमा अझ बढी संबेदनशिल हुनुपर्नेमा जोड दिनुभयो ।
गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठले सवारी साधनलाई सावधानी पुर्वक चलाउनुपर्ने बताउनुभयो । चालक तथा सहलालकले यात्रुहरुमा असल ब्यबहार गर्दै जाँड, रक्सि गाँजा सेवन गरेर सवारी नचलाउन आग्रह गर्नुभयो । उहाँले बिषेशगरि हेलमेट नलगाई सवारी चलाउने ब्यक्तिलाई खोजि खोजि कारबाहि गर्न पनि गजुरी ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध गर्नुभएको छ ।
दशैँ, तिहार तथा छठ पर्बमा अधिकांस मानिसहरु आफ्नो जन्मघर जाने गर्छन् । यात्रुहरुको चाप धेरै हुने र चालक तथा सहचालकले नसालु पदार्थको सेवनले बढी दुर्घटना हुने गरेको कारणपनि आज सचेतना तथा आँखा र प्रेसर जाँच गरिएको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ । सवारी साधन चलाउने जम्मा १२० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । चालक तथा सहलाक र यात्रु स्वयम्ले पनि सजकता अपनाउन सके दुर्घटना हुनबाट बच्न सकिने स्वास्थ्य परिक्षणका लागी पुगेका चालकहरुले बताएका थिए ।
 

१ कार्तिक २०८०, बुधबार १७:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस